Trending :
 

प्रधानमन्त्री कपः त्रिभुवन आर्मी विजयी

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ । 
 
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६५ रनले पराजित गरेको हो । बाक्लो हुस्सुका कारण २६ ओभरमा झारिएको खेलमा आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । जवाफमा लुम्बिनी ८ विकेट गुमाएर १०५ रनमा रोकिन पुग्यो ।
 
पहिला ब्याटिङ गर्दा आर्मीका लागि ओपनर इमरान शेखले सर्वाधिक ६७ रन नटआउट बनाउँदा कप्तान विनोद भण्डारीले ३४ रन जोडे । यसैगरी भीम सार्कीले २४ रन बनाउँदा सन्तोष कार्कीले ११ रन बनाए । आर्मीले अतिरिक्त २१ रन पाएको थियो ।
 
लुम्बिनीका मोहमद हुसेन र नर सार्कीले दुई–दुई विकेट लिँदा कृष्ण कार्की, निर्मल गुरुङले एक–एक विकेट लिए ।
 
जवाफमा ब्याटिङ गरेको लुम्बिनीका लागि कृष्ण कार्कीले नटआउट ३५ रन बनाउँदा मृनल गुरुङले १८ रन बनाए । यस्तै मोहमद हुसेनले १५ तथा अभिषेक गौतमले नटआउट ११ रन जोडे पनि जित भने निस्किएन । अन्य खेलाडीको प्रदर्शन विर्सन लायक नै रह्यो । लुम्बिीले पनि अतिरिक्त २१ रन पाएको थियो । 
 
आर्मीका कुशल मल्लले सर्वाधिक ४ विकेट लिए । यसैगरी सोमपाल कामीले २ विकेट लिँदा अविनास कर्ण र सहाव आलमले एक–एक विकेट हात पारेका थिए । जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा छ । आर्मीले चौथो जित निकाल्दा लुम्बिनीले अहिलेसम्म १ खेलमा मात्रै जित निकालेको छ ।  लुम्बनी २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।