Trending :
 

यू-१९ विश्वकप क्रिकेटः नेपालले अफगानिस्तानको सामना गर्दै

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ। यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्न लागेको हो। 
 
नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ। 
 
यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्छ। नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। 
 
शुक्रबारको खेलमा अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्समा पुग्दा नेपालले समूह ‘डी’का न्यूजिल्याण्ड र पाकिस्तानका साथै समूह ‘ए’का शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्न पाउनेछ। 
 
अफगानिस्तानका लागि पनि सुपर सिक्समा पुग्न शुक्रबार नेपालविरुद्धको खेलमा जित्नै पर्ने बाध्यता छ। अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।