Trending :
 

मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
 
मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
 
ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।
 
बिहीबार साँझ ती युवकीलाई केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी पीडितकी आमाले प्रहरीलाई दिएकी छन् । उनकै किटानी जाहेरीका आधारमा प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।
 
ती युवकविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ । पीडितको स्वास्थ्य परीक्षणसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।