Trending :
 

बानेश्वरमा सडक भासियो

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
काठमाडौंको बानेश्वरमा सडक भासिएको छ ।  ढल पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको जनाइएको छ ।
 
शुक्रबार बिहान गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेनतर्फको सडकमुनि राखिएको ह्युम पाइप बीच ग्याप देखिएको हो ।
 
शुक्रबार रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एक्कासि भासिएको थियो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो ।
 
यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।