Trending :
 

इमेज सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन पक्राउ

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
इजेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका ३ बस्‍ने २७ वर्षीया लक्ष्मी सेन सुनार रहेका छन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले जनाएको छ ।
 
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
 
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये ५ जना पक्राउ परिसकेका थिए ।