Trending :
 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७८/०७९ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भयो । आम्रपाली बैंक्वेट नक्सालमा भएको साधरणसभामा कम्पनीका अध्यक्ष तारा चन्द केडियाले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नु भयो । 
 
कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
 
सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा.सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्पmबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित हुनु भयो ।  
 
कम्पनीको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितो पत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन गर्नु भयो ।