Trending :
 

विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीलाई ४० भन्दा बढी अवार्डहरू प्राप्त

माघ १२,२०८०

-आस्था न्यूज

माघ १२, २०८० काठमाडौं ।
विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी TCL Electronics लेCES २०२४ मा विभिन्न प्रकारका उत्पादनहरूका लागि ४० भन्दा बढी प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ।
 
 कम्पनीको उपलब्धिको प्रमुख कुरा ११५-इन्च QM891G QD-Mini LED TV रह्यो, जसलाई २०२३-२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोह (GTB) मा इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयरू को साथ आफ्नो नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ।
 
एशिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा TCL को प्रख्याततालाई चिन्हित गर्यो।
 
उच्चस्तरीय टिभी, TCL को स्मार्टफोन, NXTPAPER 3.0 डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, RayNeo X2 Lite AR Glasses, र Q Class साउन्डबारको पनि समारोहमा प्रशंसा गरियो। कम्पनीले २०२३/२०२४ ग्लोबल सीई ब्रान्ड्स टप १०, २०२३/२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०,र २०२३/२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५० को रूपमा चर्चा पनि हासिल गरेको छ।
 
CES 2024 Innovation Award "Mobile Devices, Accessories ७ Apps" कोटिमा त्ऋी को 40 NXTPAPER स्मार्टफोनलाई प्रदान गरिएको थियो, जुन उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै मानव आँखाका लागि optimize गरिएको संसारको पहिलो स्मार्टफोनको रूपमा मान्यता प्राप्त गर्यो।
 
यसबाहेक,TCL ले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट धेरै Best of CES 2024" अवार्डहरू प्राप्त गर्यो, जसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काउदै आएको जनाइएको छ ।