Trending :
 

गुल्मीबाट गैरआवासीय नागरिकता लिनेको संख्या ३० पुग्यो

माघ १३,२०८०

-आस्था न्यूज

माघ १३, २०८० काठमाडौं ।
नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् ।
 
गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो ।
 
यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
 
गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बताए ।