Trending :
 

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
नेपाली बजारमा तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार र आज आइतबार पनि सोही कायम भएको हो ।
 
यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो बिहीबारकै मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 
यता चाँदीको मूल्य पनि गत बिहीबारकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।