Trending :
 

साताको पहिलो दिन दोहोरो अङ्कले बढ्यो सेयर, कारोबारमा पनि वृद्धि

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
अघिल्ला सात कारोबार दिनसम्म घटेको सेयरबजारमा आइतबार दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको हो बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको हो ।
 
बिहीबार ३।९४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १०.३७ अङ्कले बढेर २०९४.४६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार पाँच सय ५० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा साम्लिङ पावर, माथिल्लो मैलुङखोला लघुवित्त र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा चन्द्रागिरी हिल्स, इन्फिनिटी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।