Trending :
 

प्रधानमन्त्री कपः कर्णालीमाथि आर्मीको फराकिलो जित

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ। 
 
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । 
 
आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो ।
 
पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो ।
 
आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्ल २१ रन बनाएर आउट भए ।
कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिए ।
 
जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडे ।
 
यसैगरी विपिन शाहीले १४ रन बनाउँदा रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले १२–१२ रनको पारि खेलेका थिए ।
 
कर्णालीलाई रोक्ने क्रममा कुशल मल्ल र विवेक यादवले तीन तीन विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । सहाब आलमले एक विकेट लिए ।
 
जितसँगै आर्मीले ताकिलामा १० अंक बनाएको छ । अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझैं २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ ।