Trending :
 

झापामा महिलाको हत्यामा संलगन युवक पक्राउ

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
साताअघि झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।
 
इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलनमार्फत् अभियुक्त चन्द्रप्रसाद प्रसाईंलाई प्रहरीले सार्वजनिक गर्यो ।
 
माघ ८ गते बिहान अर्जुनधारा–६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।
 
अनुसन्धानका क्रममा बिर्तामोड–८ घर भएका ४६ वर्षीय प्रसाईंले ती महिलाको  हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकारेका छन् ।
 
‘अवैध शारीरिक सम्बन्ध’ का कारण उनले महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
 
उनीहरुबीच विवाद भएपछि हात हालाहाल समेत भएको र त्यही क्रममा प्रसाईंले ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । 
 
प्रहारपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने शव बारीमा फ्याँकेर प्रसाईं फरार भएका थिए ।
 
खोजीका क्रममा प्रहरीले मगरलाई पक्राउ गरेको थियो ।