Trending :
 

करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार-८ काहुलेकी ५० वर्षीय चन्द्रकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
 
रानाका अनुसार आइतबार करिब साढे १२ बजेको समय घाँस काटेर आउने क्रममा सुनारले बिजुलीको पोल समात्न पुगेकी थिइन् । त्यही क्रममा उनलाई करेन्ट लागेको हो । घटनास्थलमै सुनारको मृत्यु भएको थियो ।
 
पुतलीबजार नगरपालिका-८ का वडाध्यक्ष ईमबहादुर सेनले पोलमै विद्युत प्रवाह भइरहेकाले मृत्यु भएको बताए । 
 
सेनले उक्त बाटो भएर दैनिक गाउँलेसहित विद्यार्थी आउजाउ गर्ने भएकाले पोल नफेर्दासम्म खतरा बढेको बताए ।