Trending :
 

बिहारको मुख्यमन्त्रीमा नवौं पटक नीतिश कुमार नियुक्त

माघ १४,२०८०

-आस्था न्यूज

माघ १४, २०८० काठमाडौं ।
भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
 
उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।
 
आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन्  । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।
 
नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।
 
फेरि बिजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।