फ्रेन्च लिगः शीर्ष स्थानको पीएसजी बराबरीमा रोकियो
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् ।
पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान्डाल कोलो मुनाइले गोल गर्दै पहिलो हाफमा सहज अवस्थामा पु¥याएका थिए ।
ब्रेस्टले ५५ औं मिनेटमा महदी कमारा र ८० औं मिनेटमा माथिस परेराको गोलको मद्दतले खेल २-२ को बराबरीमा ल्याउँदै महत्वपूर्ण एक अंक थप्न सफल भयो । पीएसजी ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्रेस्ट ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको नाइसको ३८ अंक रहेको छ ।
यस्तै, अर्को खेलमा लेन्सले टोलुसलाई २-० गोल अन्तरले पराजित गरेको छ । लेन्स तालिकाको आठौं स्थानमा छ भने टोलुस १४ औं स्थानमा छ ।
त्यसैगरी रेमिस र नान्टेसले गोलरहित बराबरी खेल्दा केलमन्ट र स्टार्सबर्गले एक एक गोलको बराबरी गरे । लोरेन्ट र लि हार्भेले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँड्दा मोन्ट पिलर र लिलेले गोलरहित बराबरी खेलेका थिए ।