Trending :
 

खेलले मानसिक, शारिरीक विकासका साथै सामाजिक विकासमा टेवा पुग्ने राज्यमन्त्री सिर्पालीको भनाई

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले खेलले युवाहरुको मानसिक, शारिरीक विकास सहित समाजिक विकासमा समेत महत्वपुर्ण टेवा पुग्ने बताउनु भएको छ । 
 
माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आईतवार देखी सुरु भएको १३ औं राष्ट्पति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपालीले सो कुरा बताउनुभएको हो । 
 
१३ औं राष्ट्पति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथिको रुपमा उदघाटन सत्रलाई सम्बोधन गर्दै राज्यमन्त्री सिर्पालीले खेलले मानिसको चौतर्फी विकासमा सहयोग गर्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताउनु भएको हो । अर्घाखाँचीमा खेलको विकास गर्न प्रशस्त सम्भावना रहेकोले खेल क्षेत्रको विकाससंगै पर्यटनको समेत प्रवर्धन हुने बताउनु भएको छ ।
 
१३ औं राष्ट्पति रनिङ शिल्ड प्रतियोगिता माघ १४ गते शुरु भई १६ गते सम्म संचालन हुने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विष्नु क्षेत्रीले बताउनु भएको छ ।  
 
३ दिन सम्म संचालन हुने प्रतियोगितामा मुख्य रुपमा भलिबल, कपडडी र एथलेटिक्स प्रतियोगिता हुने बताईएको छ । एथलेटिक्स भित्र लंग जम्प, हाई जम्प, दौड प्रतियोगिता हुने छन । दौड प्रतियोगितामा १ सय मिटर दौड, २ सय मिटर, ८ सय, १५ सय र ३ हजार मिटरका दौड प्रतियोगिता हुने छन । अन्यमा शर्ट फुट, जम्पिंग थ्रो लगाएतका प्रतियोगिता पनि हुने अध्यक्ष क्षेत्रीले बताउनु भयो । 
 
यो प्रतियोगितामा जिल्लाका सबै विद्यालयका १२ कक्षा भन्दा तलका विद्यार्थीहरुको सहभागिता रहने छ भने १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु मात्र यो प्रतियोगितामा भाग लिने छन ।
May be an image of one or more people, people playing football, crowd and textMay be an image of crowdMay be an image of 4 people and text