मुलुक आत्मनिर्भर बन्न आर्थिक विकास जरुरी छः मन्त्री साउद
-आस्था न्यूज
माघ १५, २०८० काठमाडौं ।
परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताएका छन् ।
सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन् । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ । मुलुकलाई आत्मनिर्भर बनाउ
आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’
भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरु समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो ।
मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्वीक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्नसके लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताए ।
उनले भने, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरु छन् । ती तिर्थस्थलहरुको विकास गरे भारतीय पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्नसक्छ ।’
कुनैबेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे ।