Trending :
 

सोमबार पनि दोहोरो अङ्कले बढ्यो सेयर

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
सेयरबजारमा सोमबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको थियो ।
 
आइतबार १०.३७ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने १०.२६ अङ्कले बढेर २१०४.७२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा चन्द्रागिरी हिल्स, माहुली लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र मिर्मिरे लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।