Trending :
 

माओवादीका सबै तहका समितिहरूमा ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट सदस्यहरू चयन हुने

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
माओवादीका सबै तहका समितिहरूमा ५१ प्रतिशत खुला प्रतिस्पर्धाबाट सदस्यहरू चयन हुने भएका छन् । ती समितिमा ४९ प्रतिशत सदस्य भने समानुपातिक विधिबाट छनौट गरिनेछ । समितिहरूको गठन गर्दा र अधिवेशनका प्रतिनीधिहरू छनौट गर्दा मुलुकको बहुजातीय सामाजिक विशेषता अनुरुपको समानुपातिक समावेशीताको आधारमा गरिने छ ।
 
समिति गठन गर्दा सहमतिलाई पहिलो प्राथमिकतमा राखिएको छ । ‘सहमति हुन नसकेमा निर्वाचन समितिले तय गरेको निर्वाचन विधिबाट गठन गरिनेछ’ विधानमा भनिएको छ ।
 
‘त्यसको लागि समितिको कूल सदस्य संख्याको ४९ प्रतिशत समानुपातिक र बाँकी ५१ प्रतिशत खुला गरी प्रतिनिधित्वको व्यवस्था गरिनेछ’ विधानमा भनिएको छ । फागुन पहिलो साता काठमाडौंमा हुने अधिवेशनले विधान पारित गर्ने छ ।
 
सबै तहका ‘समितिमा कूल सदस्य संख्याको कम्तीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित’ गरिएको छ ।