Trending :
 

विमानस्थलमा प्रहरी-निजामती कर्मचारी कुटाकुट प्रकरणको छानबिन अन्तिम चरणमा

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको कुटपिट प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । घटना छानबिन गर्न गठित समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिइरहेको छ ।
 
बयान सकिए लगत्तै घटनाको प्रतिवेदन बुझाउने समितिको तयारी छ । प्रतिवेदनले दिएको तथ्यको आधारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्ने मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । 
 
गत माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए ।
 
समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुलबहादुर जिसी सदस्य छन् ।