Trending :
 

मौसमः उच्च पहाडी क्षेत्रमा हल्का हिमपात, पानी पर्नेे सम्भावना छैन

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराईका जिल्लामा हुस्सु र कुहिरोको समस्या निरन्तर रहनेछ ।
 
मंगलबार दिउँसो केही ठाउँहरुमा आंशिक बदली भएपनि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपालको सम्भावना रहेको छ । 
 
महाशाखाका अनुसार तराईमा तत्काल चिसो घट्ने सम्भावना छैन भने काठमाडौंसहित देशभर पानी पर्ने सम्भावना समेत छैन ।