आइभरीकोस्ट र काबो भर्डे अफ्रिका कपको अन्तिम ८ मा
-आस्था न्यूज
माघ १६, २०८० काठमाडौं ।
अफ्रिका कप अफ नेशन्समा आइभरी कोस्ट र काबो भर्डेले अन्तिम ८ मा स्थान पक्का गरेका छन् । आइभरी कोस्टले सेनेगलाई पेनाल्टी सूटआउटमा पराजित गर्दा कार्बो भर्डेल मौरिटेनियालाई १–० गोल अन्तरले स्तब्ध बनाएको थियो ।
सोमबार राति भएको खेलमा कार्बो भर्डेले पेनाल्टीमार्फत अन्तिम समयमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो ।
८८ औं मिनेटमा रेयन मेन्डेसले गोल गर्दै कार्बो भर्डेलाई क्वाटरफाइनलमा प्रवेश गराए ।
यस्तै, अर्को खेलमा पेनाल्टी सूटआउटमा स्तब्ध बन्दा सेनेगल प्रतियोगिताबाट बाहिर भएको छ । निर्धारित र अतिरिक्त गरेर एक एक गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सूटआउटमा आइभरीकोस्ट ५–४ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो ।
निर्धारित समयमा भने सुरुआतमै सेनेगलले अग्रता लिएको थियो । चौथो मिनेटमा साडियो मानेको पासमा मुहम्मद हबिब डिलाहले गोल गरेका थिए ।
८६ औं मिनेटमा भारले चेक गर्दै आइभरी कोस्टले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो । आइभरकी कोस्टका फ्रान्क यानिक केसीइले पेनाल्टीमा सहजै गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो ।
५–४ गोल अन्तरले आइभरी कोस्ट विजयी हुँदा सेनेगलका मौसा नियाखतको प्रहार मिस भएको थियो ।