Trending :
 

नेपाललाई लोकतन्त्रसम्म ल्याइपु¥याउन शहीदहरूको योगदान रहेको देउवाको भनाई

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताएका छन् ।
 
मंगलबार शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाललाई लोकतन्त्रसम्म ल्याइपु¥याउन शहीदहरूको योगदान रहेको बताएका छन् । उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरुको अन्त्य हुने बताए ।
 
‘लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए,’ देउवाले भनेका छन् । 
 
उनले लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका भन्दै उनीहरूप्रति सम्मान र श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।