Trending :
 

सेयर बजारमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
सेयरबजारमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको थियो ।
 
सोमबार १०.२६ अङ्कले बढेर बन्द भएको सेयरबजार आज पनि १४.८८ अङ्कले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा रावा इनर्जी, चन्द्रागिरी हिल्स र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मिडसोलु हाइड्रो र गुराँस लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।