पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना खाली गराउन निर्देशन
प्राविधिक मुल्याङ्कन आएको एक घण्टा भित्र संरचना खाली गर्ने जिम्मा महानगरले लिन्छः बालेन
-आस्था न्यूज
माघ १६, २०८० काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिएकाछन् ।
सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेण्डामाथी लिखित निर्णय गराउदै मन्त्री किरातीले कोषको जग्गामा हैकम जमाएर व्यवशायिक संरचनाहरु सञ्चालनमा रहेको बताउदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।
तत्काल कानुनि प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिशान घर खाली गराउन मन्त्री किरातीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको काठमाण्डौ महानगरपालिका वडा नं ८ गाँचा पोखरी स्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरि ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएको पाइएको छ ।
त्यस्तै वडा नं ३ भगवानस्थानमा साविक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ ।
त्यस्तै सिफल स्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरि व्यक्तिले भोगचलन गर्दै आएका छन् । यि जग्गामा रहेको संरचना हटाउनका लागि कानुनि प्रक्रिया पुरा गरि प्राविधिक मुल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ ।
यता बोर्डका सदस्य समेत रहेका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन सहाले प्राविधिक मुल्याङ्कन आएको एक घण्टा भित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन् ।
त्यस्तै गोठाटारसंगै पशुपतिको क्षेत्रविकास कोषको नाममा देशभरी रहेको जग्गा खोज्नका लागि मन्त्रलयले समिति गठन गर्ने बोर्ड बैठकमा निर्णय भएको छ ।
हराएको जग्गा खोजीका लागि पूर्व सचिव स्तरिय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताएका छन् । शक्ति केन्द्रको दाबाव आफुलाई सहिय नहुने बताउदै मन्त्री किरातीले पशुपतिको बेथिति निर्मुलका लागि एक्सन प्लानका आधारमा आफुलाई कामको नतिजा ल्याउन कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
यस संगै विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानविन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति गठन गरिएको छ ।
कोषका सदस्य सचिव राजु खत्रीले बर्षौदेखी कोषको जग्गा व्यक्तिले शक्ति केन्द्रको प्रभावमा हडपेर व्यवशायिक तथा निजि प्रयोजनका लागि भोगचलन गर्दै आएको बताए । ति जग्गा खाली गरेर पुराना प्राकृतिक संरचना कायम गर्न महानगरपालिकासंग सहकार्य गरिने समेत कोषका सदस्य सचिव खत्रीले बताए ।