Trending :
 

लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
निर्माणधीन घरमा तातोपानीको प्रणाली सर्भेका लागि गएका एक इन्जिनियरको मंगलबार लिफ्टबाट खसेर मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा न्युरोडमा कार्यालय रहेको मुक्ति इनर्जी प्रालिका इन्जिनियर पोखरा-८ रत्नचोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराइ छन् । पोखरा-६ खहरेचोकमा निर्माणाधीन चिनिमाया भण्डारीको घरको पाँचौ तलाको लिफ्टबाट उनी मंगलबार दिउँसो खसेका हुन् । 
 
उनलाई उपचारार्थ गण्डकी मेडिकल कलेज पु¥याइएको थियो । उपचारका क्रममा  उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।