मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडमा हल्का वर्षाको सम्भावना
-आस्था न्यूज
माघ १७, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक(दूई स्थानमा फाटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
बुधबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।