Trending :
 

रामेछापमा सानिमा रिलायन्स लाईफद्वारा बिमा सचेतता कार्यक्रम सम्पन्न

माघ १७,२०८०

-आस्था न्यूज

माघ १७, २०८० काठमाडौं ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.वि.रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। 
 
विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुबिच उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
 
बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरी के.सी प्रधानाध्यापक टंक प्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो ।
 
कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता  र महत्वको जानकारी भई बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।
No description available.