यू-१९ विश्वकपः नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य
-आस्था न्यूज
माघ १७, २०८० काठमाडौं ।
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको खेलमा नेपालले बंगलादेशविरुद्ध जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै एक सय ६९ रन बनायो ।
नेपालका लागि विशालबिक्रम केसीले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै, कप्तान देब खनाल ३५, सुवाष भण्डारी १८ रन र अर्जुन कुमालले १४ रन रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दाहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि रोहान्त बोर्सनले सर्वाधिक चार विकेट लिए । शेख परवेज जिबोनले पनि तीन विकेट हात पारे ।
बंलादेशले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।