Trending :
 

सुनचाँदी व्यवसायी पक्राउ परेपछि जनकपुरका व्यापारीहरू आन्दोलित

माघ १७,२०८०

-आस्था न्यूज

माघ १७, २०८० काठमाडौं ।
राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ । 
 
सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोप प्रहरीले  बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो । 
 
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ । 
 
दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् 
 
उनीहरुले आ–आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन् ।