Trending :
 

पाकिस्तानः पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय, ८७ मिलियन रुपैयाँ जरिवाना

माघ १७,२०८०

-आस्था न्यूज

माघ १७, २०८० काठमाडौं ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
 
भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो । 
 
त्यस्तै अदालतले उनीहरुलाई १० वषसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य साथै उनीहरूलाई प्रत्येकलाई सात सय ८७  मिलियन रुपैयाँ जरिवाना तिराएको छ ।