Trending :
 

मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना

माघ १७,२०८०

-आस्था न्यूज

माघ १७, २०८० काठमाडौं ।
गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार पुर्‍याएको छ । यसअघि यस्तो जरिवाना दुई हजार रुपैयाँ मात्र रहेकामा पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढाएर १० हजार रुपैयाँ पुर्‍याएको छ ।
 
हालैको मन्त्रिपरिषदले पारित गरेको गण्डकी प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था नियमावलीमा मिटरमा नचल्ने ट्याक्सीलाई ६ महिना निलम्बन गर्ने व्यवस्था पनि राखिएको छ ।
 
राजपत्रमा प्रकाशित हुने क्रममा रहेको नियमावलीमा ट्याक्सी मिटरमा नचले दर्ता इजाजत नै ६ महिनासम्मलाई निलम्बन गर्ने व्यवस्था गरिएको छ । नियमावलीको नियम २२ मा तोकिएको क्षेत्रमा ट्याक्सी मिटरमा नचले ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था राखिएको छ ।
 
ट्याक्सी चालकहरु मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्न नमानेपछि झनै कसिलो व्यवस्था गरिएको गण्डकीका यातायातमन्त्री रेमशबहादुर जुग्जालीले बताए ।