Trending :
 

नेपालमै पहिलो पटक टिचिङमा कलेजो प्रत्यारोपण

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
नेपालमै पहिलो पटक नेपाली चिकित्सकको नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सक सहितको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन्।
 
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन्। यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए। 
 
डा भण्डारीका अनुसार नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा भण्डारीले जानकारी दिए। उनका अनुसार ती पुरुषलाई बिहीबार डिस्चार्ज गरिनेछ। कलेजो दान गरेकी मिहलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ।