Trending :
 

त्रिभुवन विमानस्थल कुटपिट घटनामा डीएसपीसहित ४ प्रहरीलाई कारबाही सिफारिस

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ। 
 
कारबाही सिफारिस पर्नेहरुमा प्रहरी जवानदेखि डीएसपीसम्मका कर्मचारी छन्। छानबिन समितिका एक सदस्यका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्। 
 
डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ। 
 
आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको समितिका एक सदस्यले जानकारी दिए।
 
त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ। 
 
शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको समिति स्रोतले जनाएको छ ।
 
असई मोक्तानले अध्यागमन अधिकृतलाई कुटपिट गरेको बेला अन्य दुई प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोले समेत छुट्टाएर घटनाबारे रिर्पोटिङ गर्नुपर्नेमा उल्टै कुटपिट गरेको भन्दै उनीलाई समेत विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। जवानद्वयको हकमा भने सामान्य विभाय कारबाही हुनसक्ने बताइएको छ।