Trending :
 

मन्त्रिपरिषद् बैठकः योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।
 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजनाम आयोगको सदस्य नियुक्त गरेको हो ।
 
बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त थरेको छ ।
 
यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।