Trending :
 

बिहीबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
सेयर बजारमा बिहीबार दोहोरो अङ्कको गिरावट आएको छ । यस साता आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सेयरबजारमा त्यसपछिका दुई दिनमा भने ५० अङ्कको गिरावट आइसकेको छ ।
 
बुधबार २१.६७ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ३०.९२ अङ्कले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार एक सय ३९ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त र रावा इनर्जी रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ पावर, मिड सोलु हाइड्रो, मोलुङ हाइड्रो र थ्रीस्टार हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।