Trending :
 

चुच्चेपाटीमा जुत्ता-चप्पल मेला सुरु

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं । 
काठमाडौंको चाबहिल चुच्चेपाटी क्षेत्रमा जुत्ता–चप्पल व्यापार मेला सुरु भएको छ । बिहीबार सुरु मेलामा स्वदेशी उद्योगका उत्पादनहरु प्राथमिकताका साथ राखिएका छन् । 
 
स्वदेशमा उत्पादित जुत्ता–चप्पल, छालाका वस्तु तथा सामग्री मेलामा प्रदर्शन र बिक्री गरिने जुत्ता उत्पादक संघ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले बताए ।
 
उनका अनुसार नेपाली उत्पादन देशका विभिन्न कुनादेखि सहर बजारसम्म उपभोक्ता माझ पु¥याउने उद्देश्यअनुसार मेलाहरु आयोजना भइरहेको हो ।  
 
उनले भने, ‘नेपाली उत्पादन देशका विभिन्न कुनादेखि सहर बजारसम्म मेला प्रदर्शनीमार्फत उपभोक्तामाझ पु¥याइरहेका छौ । पहिला भृकुटीमण्डपमा मेला लगाउने गरेका थियौं, अब त्यहाँ मात्रै होइन अरु स्थानमा पनि जानपर्ने हुन्छ भनेर चाबहिलको चुच्चेपाटी क्षेत्रमा पहिलो पटक गर्दै छौं ।’
 
मेलामा १ सय ५० रुपैयाँदेखि ८ हजारसम्मका जुत्ताहरु राखिएको बताएका उनले विभिन्न ब्रान्डमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको जानकारी दिए । मेलाबाट ५ करोड रुपैयाँ बराबरको व्यापार गर्ने संघको लक्ष्य छ ।