Trending :
 

अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ ।
 
समितिको बिहीबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक २०७६ पारित गरेको हो । विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।
 
२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।
 
त्यो विधेयकमाथि झण्डै एक वर्षपछि गत आइतबारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको थियो ।