बैंकहरु मिटरब्याजी भएको केपी ओलीको आरोप
-आस्था न्यूज
माघ १९, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन्। शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७औं राष्ट्रिय महाधिवेशनमा बोल्दै ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताए।
बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै उनले त्यस्तो गरे मिटरब्याजी सरह हुने बताए। ‘बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक छ,’ उनले भने।
एमाले अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्ष भित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गरे। उनले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबीसमेत गरे।
‘बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको छ। बैंकको ऋण सदुपयोग भएरनभएको अध्ययन र अनुगमन गर्न आवश्यक छ,’ ओलीले भने, ‘कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन।श
बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउनरबढाउन सकिने उल्लेख गरेको भए पनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको बताउँदै उनले बैंकबाट कर्जा लिँदा दुई पक्षीय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरे।
‘बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन हुन्। बैंकहरु नाफाखोर, निर्मम साहुजी होइनन्। बैंक विकासका सहयोगी हुन्,’ उनले भने।
ओलीले बैंकहरु मिटरब्याजी जस्ता भएको उनको आरोप थियो। ओलीले भने, ‘बैंकहरुले नराम्रो नमान्नु होला। बैंकहरु पनि मिटरब्याजी नै छन्। बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो। बैंकहरु पनि मिटरब्याजी भएका छन्। तीन महिनामा साँवामा गाभ्ने भएन। कर्जा लैजानेले तिर्नु पनि पर्छ होला। कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो। लगानी गरेर प्रतिफल आउनुपर्छ। प्रतिफल आउन नसक्ने गरी केही वर्ष भित्र डब्बल कसरी हुन्छ?’
एमाले अध्यक्ष ओलीले नेपालमा बीमा करकापले गर्ने गरेको समेत बताए। उनले करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्ने गरेको उल्लेख गरे।