Trending :
 

आज माघ १९ स् तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिनको सम्झना

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत् प्रत्यक्ष शासन सत्ता आफ्नो हातमा लिएको दिन ।
 
आजभन्दा १९ वर्षअघि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको त्यो कदमलाई नेपाली इतिहामा प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रुपमा सम्झने गरिन्छ ।
 
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर ज्ञानेन्द्रबाट आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन भएको थियो । लगत्तै राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गरिएको थियो ।
 
रेडियोमा समाचार प्रसारणमा रोक लगाइएको थियो । सञ्चारगृहमा सेना तैनाथ गरिएको थियो । त्यतिबेलाका प्रधानमन्त्री, मन्त्रीसहित राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । ज्ञानेन्द्रको यही कदमबाट तत्कालीन माओवादी र संसदवादी दलहरु एकजुट भए ।
 
२०६२ मंसिरमा भारतको दिल्लीमा माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भएपछि २०६२र०६३ को आन्दोलन उत्कर्षमा पुुगेको थियो । त्यही आन्दोलनको सफलतासँगै भएको पहिलो संविधानसभाले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।