Trending :
 

घरको गेटले किचिएर खेलिरहेका बालकको मृत्यु

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ ।
 
स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त घाइते उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।
 
उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।