Trending :
 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
 
माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।