रास्वपाले संसदमा सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउने
-आस्था न्यूज
माघ १९, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको नेता मनिष झाले बताए । उनका अनुसार विगतका बैठकको समीक्षा र आगामी बैठकको प्रस्तुतिबारे घनीभूत छलफल भएको हो ।
‘विगतमा संसदमा हाम्रो प्रस्तुति कस्तो रह्यो र आगामी दिनमा कस्तो रहन्छ? कसरी हामी कसरी प्रस्तुत हुनेभन्नेमा घनीभूत छलफल भयो’, बैठकपछि झाले भने । उनले संसद् माननीयको ब्याज लगाएर जाने ठाउँमात्रै नभएको भन्दै परीक्षा अघिको कम्माइन स्टडी जस्तैगरी छलफल भएको बताए ।
त्यस्तै सांसद निशा डाँगीले आगामी दिनमा प्राइभेट बीलका सन्दर्भमा ककसले बोल्ने भन्नेबारेमा छलफल भएको बताइन् । उनले विगत एक वर्षमा जति गर्न सकिन्थ्यो त्यो गर्न एकीकृत भएर गर्न नसकेको भन्दै त्यसलाई आगामी दिनमा सुधार गर्दै जानेबारे छलफल भएको बताइन् ।