Trending :
 

ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी सञ्चालक दम्पती बचत हिनामिना गरेर फरार

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । 
 
ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् । 
 
करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् । उनीसँगै उनकी श्रीमती समेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकार समेत फरार भएकी छन् ।
 
उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएर खोजी कार्य भइरहेको बताए । 
 
बचतकर्ताहरूले उनीहरू दुवै जनासँग सञ्चालक तथा कर्मचारीहरूविरुद्ध समेत उजुरी दिएका छन् ।