Trending :
 

राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि संभावित कार्यतालिका स्वीकृत

माघ १९,२०८०

-आस्था न्यूज

माघ १९, २०८० काठमाडौं । 
राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि संभावित कार्यतालिका स्वीकृत भएको छ। आज (शुक्रबार)बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको  संभावित कार्यतालिका स्विकृत गरेको हो। 
 
बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पुर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज निर्णय गरेको छ।। 
 
संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता बिद्येयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको अध्यागमन विद्येयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।