Trending :
 

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर, भाडामा बस्नेहरुको बिचल्नी

माघ २१,२०८०

-आस्था न्यूज

 माघ २१, २०८० काठमाडौं ।

सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
 
काठमाडौं महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ ।
 
वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । 
 
‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । अनधिकृत रूपमा वषौंदेखि स्थानियले कब्जा गरेर भाडामा लगाएको पाइएको उनले बताए ।