Trending :
 

निर्वाचन आयोगले गर्यो उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग छलफल

माघ २१,२०८०

-आस्था न्यूज

माघ २१, २०८० काठमाडौं ।
प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्।
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गरेका हुन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य र रक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।
 
विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा एकरएक पद रिक्त छ। इलाम निर्वाचन क्षेत्र-२ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो।