Trending :
 

फेसबुकमार्फत नाबालिकालाई अश्लील सामग्री पठाउने एक युवक पक्राउ

माघ २१,२०८०

-आस्था न्यूज

माघ २१, २०८० काठमाडौं ।
फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जन छन्।
 
उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। 
 
उनले एक नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक अकाउन्ट खोलेर साथी बनाउँदै अश्लिल म्यासेज तथा भिडियो(फोटो पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ। 
 
पीडित बालिकाको आफन्तले साइबर ब्यूरोमा जाहेरी दिएपछि उनलाई भोटाहिटी चोकबाट माघ १८ गते प्रहरीले पक्राउ गरिएको थियो।