Trending :
 

‘अब चन्द्रसूर्य अंकित झण्डा कसले बोकिदिने ?’ चन्द्र भण्डारी

माघ २१,२०८०

-आस्था न्यूज

माघ २१, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवम सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् ।
 
आइतबार काठमाडौंमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झण्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्रसूर्य अंकित झण्डा बोक्न आग्रह गरे । 
 
उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज । म कांग्रेसको नेता हो मैंले चारतारे झण्डा बोकेर हिँड्छु । मैंले गल्ती गरे ठिक छ । तर आउँदो नयाँ पुस्ताले त कमजोरी दोहोर्याउनु भएन मुलुकका लागि । मेरा सहिदहरुले बोकेको चन्द्रसूर्य झण्डा कसले बोकिदिने ?’
 
पार्टीका झण्डा बोकेर मुलुकले निकास नपाएको बताएका भण्डारीले सबैले अब यो देशको झण्डा बोक्नुपर्ने बताए ।
 
उनले भने,‘नेपालको आफ्नै राजनीति स्थायित्व छैन् । हामी किन अरुबाट प्रभावित भयौं ? हामीसंग जनकपुर छ, लुम्बिनी छ, पशुपति छ, यहाँबाट प्रभावित किन हुन सकेनौं ।’
 
आफ्नो पुस्ताले गरेको गल्ती आउँदो पुस्ताले दोहोर्याउन नहुने भण्डारीको भनाई छ । उनले सहिद अपमानिक नहुने हुँदा शहीदको अपमान गर्न नहुने बताए ।