Trending :
 

सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक सहमति

माघ २१,२०८०

-आस्था न्यूज

माघ २१, २०८० काठमाडौं ।
सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । सशस्त्र प्रहरी  ऐन–२०५८ लाई प्रस्तिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
 
मन्त्रिपरिषद्ले ऐन ल्याउन सहमति दिएसँगै गृह मन्त्रालयले त्यसबारे ‘ड्राफ्ट’ तयार गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयलाई भनेको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्- ‘मन्त्रिपरिषद्को निर्णयअनुसार ड्राफ्ट बनाउन भनेको छौँ ।’
 
नयाँ ऐनमा ३० वर्षे सेवा अवधि हटाएर उमेर हद लागू गर्ने गरी ऐनको मस्यौदा ड्राफ्ट गर्न छलफल सुरु भएको छ । अरू सुरक्षा निकाय सरह सुविधा पाउने गरी ऐनको मस्यौदा बनाउनुपर्ने सशस्त्र प्रहरीका अधिकृतहरू बताउँछन् । 
 
अहिले सशस्त्र प्रहरीको कार्यक्षेत्र बिस्तार गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिइएको छ ।